२० बढी कार्यक्रर्ता राजधानीबाटै पक्राउ

काठमाडौँ, ८ फागुनः नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आजका लागि आह्वान गरेको नेपाल बन्दमा सो पार्टीका २० भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

प्रहरी प्रवक्ता मनोज न्यौपानेले जबर्जस्ती बन्द गराउँदै हिँड्ने २० भन्दा बढी व्यक्तिलाई देशका विभिन्न स्थानबाट पक्राउ गरिएक बताउनुभयो । उहाँले बन्दको खासै प्रभाव नपरेको र जनतालाई त्रसित पार्न बन्दकर्ताले विभिन्न स्थानमा आज नक्कली बम राखेको बताउनुभयो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले राजधानीमा बन्द गराउँदै हिँड्ने चार जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

सिंहदरबार आसपासको क्षेत्रबाट तीन र गौशालाबाट एकजना पक्राउ गरेको उहाँले बताउनुभयो । राजधानीमा बन्दको कुनै प्रभाव नपरेको तथा सर्वसाधारणको अन्य दिन झँै सामान्य दैनिकी चलेको उहाँको भनाइ छ ।

यसैबीच, नेकपाका महासचिव चन्दले आज जारी गर्नुभएको विज्ञप्तिमा देशभरबाट सयौँ नेता तथा कार्यकर्ता पक्राउ गरिएको उल्लेख छ । पक्राउ नेता तथा कार्यकर्ता तुरुन्त रिहा गर्न महासचिव चन्दले आग्रह गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here