१ सय ४० किलो चरेशसहित ५ जना पक्राउ

काठमाडाैं, १९ माघ – धादिङको गजुरीबाट प्रहरीले १ सय ४० किलो चरेशसहित ५ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंबाट मुग्लिनतर्फ गईरहेको एक ट्रकमा लैजाँदै गरेको सो परिमाणको चरेशसहित उनीहरुलाई बिहान ४ बजे गजुरी प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथमा रहेका २ वटा मोटरसाईकल र ट्रक समेत नियन्त्रणमा लिइएको गजुरी प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here