१९ औं शताब्दीमा जन्मिएर महिला एमा मोरैनोको १ सय १७ वर्षको उमेरमा निधन

एजेन्सी, विश्वकै सबैभन्दा धेरै उमेरकी महिला एमा मोरैनोको १ सय १७ वर्षको उमेरमा निधन भएको छ ।

१९ औं शताब्दीमा जन्मिएर पनि जीवित रहन सफल एमा एक्लो व्यक्ति थिइन् ।

उनको जन्म १८९९ को नोभेम्बर २९ मा इटालीमा भएको थियो ।

उनी तीन शताब्दीसम्म जीवन जीउन सफल भइन् । यस क्रममा एमाले असफल वैवाहिक जीवन, एक्लो छोराको निधन, दुईवटा विश्वयुद्ध तथा इटालीमा ९० भन्दा बढी सरकार देखिन् । आठ भाईबहिनीमा सबैभन्दा जेठी उनले ९० वर्षसम्म दैनिक तीन अण्डा खाने गरेकी थिइन् । उनकी आमा ९१ वर्षसम्म जीवित थिइन् भने केही बहिनी पनि सय वर्षसम्म जीवित थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here