१७ लाखमा बनेको ‘रुद्रपीया’को ‘चिरविर चिरविर चाँचरी’ भिडियो सहित

काठमाडौं ‘रुद्रपिया’ मार्फत् रेखा थापा र आर्यन सिग्देलको रोचक केमेस्ट्री सार्वजनिक भएको छ।‘चिरविर चिरविर चाँचरी’ बोलको गीतको भिडियोमा नेपाली पर्दाको हिट जोडीको नयाँ रुप देखिएको हो।
राजनराज सिवाकोटीका शब्द र संगीतमा सजिएको गीतमा मेलिना राई र राजनराज सिवाकोटीको स्वर सुन्न सकिन्छ। प्रविन सिंहको कोरियोग्राफी रहेको भिडियो १७ लाख लगानीमा बनेको हो। राजन इशानको एरेन्जमा बनेको भिडियोको सम्पादन चन्दन दत्तले गरेका हुन्।
सुदीप बबी भूपाल सिंहको निर्देशनमा बनेको चलचित्र ‘रुद्रपीया’ले कात्तिक २ गते रिलिज मिति पाएको छ। चलचित्रमा रेखा थापा, आर्यन सिग्देल, राजन इशान, विश्व बस्नेतलगायतको अभिनय रहेको छ। सरस्वती थापा र रमेश एमके पौडेलले निर्माण गरेको चलचित्रको छायांकन संजय लामाले गरेका हुन्।

भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here