एजेन्सी– दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तस्थित एक सुरक्षा जाँच चौकीमा भएको आतंककारी आक्रमणमा १६ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।
आक्रमणमा १० जना सैनिक र ६ जना प्रहरीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तालिवान समूहले गरेको आक्रमणका क्रममा अन्य सात सुरक्षाकर्मी घाइते भएका छन् ।
सुरक्षा अधिकारीहरुले यो आक्रमणमा दोहोरो गोली हानाहान भएको र कयौं तालिवान लडाकुसमेत मारिएको दाबी गरेका छन् । केही तालिवानीलाई पक्राउसमेत गरिएको अधिकारीहरुले जनाएका छन् ।

