१४ प्रतिशतको मात्र घर निर्माण सम्पन्न

ललितपुर, १८ असार- भूकम्प पीडितमध्ये ललितपुरमा १४ प्रतिशतले मात्र घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता बापतको रकम बुझेका छन् ।

अहिलेसम्म सरकार र गैरसरकारी संस्थाबाट कुल तीन हजार ३६३ जनाले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता वापतको रकम बुझेको भूकम्पीय घर पुनःनिर्माण परियोजना, जिल्ला कार्यान्वयन इकाइ ललितपुरले जनाएको छ ।

पहिलो किस्तावापतको रकम लिनेभन्दा भन्दा दोस्रो किस्ता लिने लाभग्राहीको संख्या न्यून छ । त्यसमा पनि तेस्रो किस्ता लिने लाभग्राहीको संख्या सबैभन्दा न्यून रहेको इकाइका सूचना प्रणाली व्यवस्थापन विज्ञ राकेश महर्जनले बताउनुभयो ।

भूकम्प पीडितमध्ये यो वर्ष ५० प्रतिशतको घर निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिएपनि त्यो भन्दा धेरै कमले मात्रै घर निर्माण सम्पन्न गरेको इकाइले जनाएको छ ।

जिल्लामा अहिलेसम्म अनुदान सम्झौता गरेकामध्ये ९८ प्रतिशतले मात्र पहिलो किस्ता र २८ प्रतिशतले दोस्रो किस्तावापतको रकम लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here