१२ घन्टाको अनुसन्धानपछि सर्लाहीका जिशिअ छुटे

सर्लाही, १४ साउन– घुस सहित पक्राउ परेका सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीलाई छोडिएको छ । छ लाख ९५ हजारसहित पक्राउ परेका सुवेदीले सो रकम आफ्नो भएको बताएपछि अख्तीयारले छाडेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिबास, महोत्तरीले साउन १८ गते प्रमाणसहित कार्यालयमा उपस्थित हुने गरी पक्राउ गरेको केहि घण्टामै छाडेको बताईएको छ ।

हिजो सर्लाहीबाट भारतीय नं प्लेटको बोलेरो जिपमा चितवनस्थित घरतर्फ गइरहेका बेला प्रहरीले सुराकीका आधारमा सुवेदीलाई रकमसहित नियन्त्रणमा लिएको थियो । एक वर्षदेखि सुवेदी सर्लाहीको जिशिअका रुपमा कार्यरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here