११३ वर्षीया पशुपति साउदद्धारा मतदान

बैतडी–१४ असार, बैतडी जिल्लाको सुरनया गाउँपालिकाको भूमिराज निमावि मतदान केन्द्रमा बिहान ७ बजे ११३ वर्षीया पशुपति साउदले मतदान गर्नुभएको छ ।

त्यसैगरी दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाकी १०५ वर्षीया कलशी भट्टले भूमिराज निमावि, तौकी मतदान केन्द्रमा बिहान ७ बजे मतदान गर्नुभएको छ ।

दोस्रो चरणमा एक महानगरपालिका, सात उपमहानगरपालिका, एक सय ११ नगरपालिका, दुई सय १५ गाउँपालिकामा गरी १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुनेछन् । तीमध्ये ४१ जनप्रतिनिधि भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here