काठमाडौं,२५ फागुन– ‘महिला सम्मानको आधार, सीपयुक्त हात र स्वरोजगार’ भन्ने मुलनाराका साथ आज १ सय ७ औं अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रको आयोजना गर्दै मनाइदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रि«य श्रमिक महिला दिवस मनाउने गरिन्छ ।
नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा गर्दै विश्वभर अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मनाउने थालिएको हो ।
दिवस अन्तर्गत आज बिहान ७ः३० बजे पदयात्रा र बिहान १० वजे औपचारिक कार्यक्रम गरिनेमहिला बालबालिका तथा समाज कल्याण मन्त्रालय जनाएको छ ।

