होसियार ! निर्वाचन आयोगले समाउला,आचारसंहिता लागु भयो

काठमाडौं, १८ फागुन– निर्वाचन आयोगले आजदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ। आयोगले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ जारी गरेको जनाएको छ ।
आचारसंहिता लागू भएसँगै आयोगको सहमतिविना कर्मचारीको सरुवा, बढुवा, नियुक्ति र निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि निर्णय गर्न पाइनेछैन । साथै विकासनिर्माणकालागि नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाड र रकमान्तर समेत गर्न नपाइने आयोगले जनाएको छ । आधारसंहिता उल्लंघन गरेमा निर्वाचन आयोगले मन्त्रीलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
मन्त्रीहरुले कुनै उम्मेदवारको पक्षमा र विपक्षमा असर पार्नेगरी आचारसंहिता विपरीतको निर्णय वा गतिविधि गरेमा जरिवाना गर्नुका साथै आयोगले उम्मेदवारी खारेजसमे%A