होलीमा प्रदेश २ मा दुई दिनविदा

काठमाडौं,७ चैत । प्रदेश नम्बर २ मा भोलि शुक्रबार पनि सार्वजनिक बिदा हुने भएको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले फागुपूर्णिमाको अवसरमा आज र भोली(शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो । संघीय सरकारले बुधबार फागुपूर्णिमा मनाउन पहाडी क्षेत्रमा बिदा दिएको थियो । प्रदेश २ को धनुषाबाहेक जिल्लामा आज फागुपूर्णिमा मनाइएको छ, भने जनकपुरमा भोलि मात्रै फागुपूर्णिमा मनाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here