होटल हायात पाँच दिनदेखि तनावमा

काठमाडौं,२ असार । होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले असार ३० गतेदेखि सङ्घर्ष गर्दै आएका छन् । व्यवस्थापन पक्षले मजदूरको माग सम्बोधनका लागि चासो नदेखाएको मजदूरले गुनासो गरेका छन् ।

मजदूरले खाइपाइ आएको सेवा सुविधा कटौती गरिएको र काममा अनावश्यक दुःख दिने गरेकाले बाध्य भएर सङ्घर्षमा उत्रनुपरेको होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सन् २००६ देखि २०१८ सम्म होटल व्यवस्थापनसँग भएका सामूहिक सम्झौताको पालना नभएको, बीमा कोषको रकम हिनामिना गरिएको तथा वार्षिक ग्रेड सुविधा घटाएकोले मजदूर मर्कामा परेका छन् ।

अर्कोतर्फ होटलको उच्च व्यवस्थापनमा आएका पाँच भारतीयले मजदूर तथा कर्मचारीमाथि अभद्र व्यवहार गर्दै आएका छन् । मजदूर कर्मचारी गरी जम्मा ४०० जनशक्ति रहेको होटलमा ट्रेड युनियनमा आबद्ध सबै ३२० जनाले माग पूरा गराउन दबाबस्वरूप काम अवरोध गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here