दिपक पोख्रेलः
भदौ, १ पाल्पा–गतबर्षको साउन सम्म काठमाडौंको ॐ कान्तिपुर भोजनालयमा तन्दुरी बेच्दै गरेका भेटिने पाल्पा रिब्दिकोट वार्ड नंबर २ देउराली कन्टिपोखराका शेषनारायण पान्डेको दिन चर्या आजकाल फेरिएको छ । उनी आजकाल होटेलमा तन्दुरी बेच्दै होइन श्रीमती सङ्गै बारिमा बाख्रालाई घाँस काट्दै गरेको भेटिन्छ्न ।
२०२९ सालमा जन्मेका उनले एस एल सी सम्म अध्ययन गरेका छ्न एस एल सि पश्चात् घरको आर्थिक अवस्थाले गर्दा भारतको दिल्लिमा काम गर्न गएका उनि करिब आठ बर्ष एउटा कम्पनीमा काम गरे त्यस पस्चात ३ बर्ष हाल भारतकी बिदेशमन्त्री रहेकी सुस्मा स्वराजको कार्यालयमा सामान्य काम गरे त्यसपछि नेपालमा केही गर्न पर्छ भनी नेपाल फर्केर काठमाडौमा आफै खाजा घर सन्चालन गर्न थाले ।
” अरुको देशमा भन्दा आफ्नै देशमा केही गरौ भनेर करिब १० बर्ष काठमाडौमा आफ्नै ब्यबसाय सुरु गरे कमाइ पनि राम्रै हुन्थ्यो कमाइ हुदापनी मनले मानेन र गाउमा बाख्रा पाल्न थाले अहिले तत्काललाई कमाइ त होटेल भन्दा निकै कम छ तर पनि भबिस्यमा राम्रो सम्भावना देखेको छु ।
उनले भने , ११ लाख ५० हजारमा गतबर्ष आफ्नै घरमा बाख्रा फम खोलेका उनले आज सम्म सरकारी क्षेत्रबाट कुनै सहयोग नपाएको गुनासो गरे । “बाख्रा फम निर्माणको लागि पटक पटक कृषि बिकाश बैंक र बाणिज्य बैकमा रिण माग्न त गए तर रिण पाउन सकिन अनि गाउमै रिण धन गरेर व्यावसाय सुरु गरे ” ।
सुरुवातमा आफ्नो घरका ४ वटा बाख्राबाट बाख्रापालनमा लागेका उनको फममा अहिले ८० बटा बाख्रा छ्न अर्को बर्षसम्म २०० पुर्याउने उनको लक्ष्य छ ।२०० नै पाल्न त नसके पनि १५० बाख्रा सदाबार रुपमा पाल्ने उनको प्रण छ ।
“त्यहा भन्दा बढी पाल्नलाइ त घासको समस्या पनि समस्या हुन्छ र हाम्रो परिवारले पनि नसकिएला काम गर्ने मान्छे पाउन पनि गार्हो छ । छोराछोरिलाइ पढाउन नै परो ” उनले अगाडि भनभने “एक बर्षको समयमा करिब १लाख ५० हजारको आम्दानी भयो आफ्नो घरका ४ वटा बाख्रा र अरु खरिद गरेर ल्याएको हुनाले त्यति आम्दानी भएन अब अर्को बर्षबाट बार्षिक ६ लाख कमाउने लक्ष्य छ । ” अबको बाकि जिन्दगी बाख्रा पालन र राजनितीमा खर्चने उनको सोच छ । बार्षिक ६/७ लाख कमाउन बिदेश जान भन्दा आफ्नै ठाउमा ब्यावसायीक रुपमा केही गर्न सके बिदेशमा भन्दा राम्रो कमाइ गर्न सकिने बिदेसिन खोज्ने युवाहरुलाइ उनलाइ सघाउदै आएका उनका छोरा नेबिसंघ पाल्पाका सचिब दिपक पाण्डेको सुझाब छ ।

