काठमाडौं, बैशाख २५ । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेट अन्तर्गत गएराती भएको खेलमा सनराइजर्स हैदरवादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ रनले हराएको छ । हैदरावादमा भएको खेलमा पहिले व्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ४६ रन जोड्यो । जवाफमा १ सय ४७ रनको मध्यम चुनौती पछ्याएको बैंग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन मात्रै बनाउन सक्यो । आईपिएल क्रिकेटमा आज राती राजस्थान रोयल्स र किङ्स इलेभेन पञ्जाब भिड्नेछन् ।

