काठमाडौं,५ माघ । कर्मचारी समायोजन अध्यादेश सच्याउन माग राख्दै ११ दिनदेखि आन्दोलनरत हेल्थ असिस्टेन्टहरु भोलीदेखि काममा फर्किने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र हेल्थ असिस्टेन्ट (हान)बीच ६ बुदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हानले जनाएको छ ।
सम्झौतामा कर्मचारी समायोजन व्यवस्थापन गर्दा नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को अनुसूची ७ अनुसार योग्यतालाई आधार मान्ने, सेवाको तहगत प्रणाली वैज्ञानिक बनाउन पहल गर्ने, समायोजन गर्दा शैक्षिक योग्यताका आधारमा एक तह वृद्धि गर्न पहल गर्ने, उच्च शिक्षा अध्ययनका लागि कोटासहित छात्रवृत्तिको व्यवस्था गर्न संघीय निजामती ऐनमा समावेश गर्ने लगायतका बुँदामा सहमति भएको छ ।

