हेलो सरकारमा उजुरी परेपछि कारवाहीका लागि आग्रह

काठमाडौँ, ४ भदौ:हेलो सरकारले नवलपरासीमा रहेको गोर्खा ब्रुअरीले वातावरण बिगारेको भन्दै कारवाही गर्न वन तथा वातावरण मन्त्रालयलाई आग्रह गरेको छ ।

सो उद्योगबाट निष्कासित फोहोर पानीले नारायणी नदी प्रदूषित भएको र जलचरसमेत समस्यामा परेको भन्दै हेलो सरकारमा उजुरी परेपछि आज कारवाहीका लागि आग्रह गरिएको हेलो सरकारका प्रद्युम्न उपाध्यायले जानकारी   दिनुभयो ।

यस्तै सो उद्योगले करसमेत नतिरेको विषयमा पनि उजुरी परेपछि अर्थ मन्त्रालयलाई कर उठाउनसमेत ध्यानाकर्षण गराएको छ । उद्योगले कर छलेको विषयमा उजुरी प्राप्त भएको भन्दै आवश्यक छानबिन गर्न गृह मन्त्रालय, अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत लेखी पठाइएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here