हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु

एजेन्स– होन्डुरसका राष्ट्रपति ओर्लान्डो हर्नान्डेजकी बहिनी हिल्डा हर्नान्डेजसहित ६ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । होन्डुरसको राजधानीनजिकै रहेको पहाडमा दुर्घटनामा परेको समाचारमा जनाइएको छ ।

हिल्डासहित चारजना सुरक्षाकर्मी र एक जना पाइलट सैन्य हेलिकप्टरमा टेगुसिगाल्पा अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ६० किलोमिटर टाढा कामायागुवामा रहेको उनको निवासतर्फ उडान भरेका थिए ।

उडान भरे लगत्तै सेनाले विमान हराएको जानकारी दिएको थियो । पछि हेलिकप्टर पहाडमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । दुर्घटनामा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here