‘हेर्नैपर्ने निर्देशक’ सूचीमा दीपक रौनियार

काठमाडौं,फिल्म ‘सेतो सूर्य’का निर्देशक दीपक रौनियारलाई प्रतिष्ठित अमेरिकी दैनिक ‘द न्यू योर्क टाइम्स’ ले ‘हेर्नैपर्ने ९ नयाँ निर्देशक’को सूचीमा समावेश गरेको छ।
सिंगापुर फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अवार्ड र भेनिसमा इन्टरकल्चर अवार्ड जितिसकेको ‘सेतो सूर्य’ का निर्देशक रौनियारलाई न्यू योर्क टाइम्सले बुधबार सार्वजनिक गरेको ९ जना उदीयमान निर्देशकको सूचीमा समावेश गरेको हो।
बुधबारबाट न्यू योर्कमा सुरु हुने ४६ औं ‘न्यू डिरेक्टर्स–न्यू फिल्म’ फेस्टिभलका सन्दर्भमा न्यू योर्क टाइम्सले उक्त सूची निकालेको थियो। यसमा करिब ३० जना निर्देशकका फिल्म प्रदर्शन गरिँदैछन्। तीमध्ये उदीयमान ९ जनाको सूचीमा दीपकको नाम समावेश गरिएको हो।

 

न्यू योर्क फेस्टिभलमा ‘सेतो सूर्य’ ले बिहीबार र शुक्रबार साँझ ६ बजेका लागि दुई शो पाएको छ। न्यू योर्क म्युजियम अफ मोर्डन आर्ट र लिंकन सेन्टरको संयुक्त आयोजनामा वर्षेनी हुने यो फेस्टिभलमा नयाँ निर्देशकहरूले ठाउँ पाउँछन्। संसारका उत्कृष्ट मानिने फिल्म फेस्टिभलमा छानिएका, राम्रो समीक्षा पाएका र अवार्ड पाएका फिल्म यसको प्राथमिकतामा पर्छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here