काठमाडौं,१५ बैशाख । हुम्लामा अज्ञात रोगले महामारी ल्याउने संकेत देखिएपछि उपचारकालागि थप स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । अज्ञात रोगका कारण हुम्लाको ताँजाकोटमा अहिले सम्म ९ जनाको मृत्यु भइरहेको छ । २०० भन्दा बढि बिरामी परेका छन् । मृत्यु हुनेमा अधिकाम्श बृद्ध र बालबालिका रहेको छन् । अहिले त्यो क्षेत्रमा औषधी अभाव देखिएको छ ।
बिरामीमा टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने सास फेर्न गारो हुने जस्ता लक्षण देखा पर्ने गरेको महिलास्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताउनुभयो । आज बिहान कोल्टी विमानस्थल हुँदै प्रभावित क्षेत्रमा नेपालगञ्जदेखि थप स्वास्थ्यकर्मीको टोली पुग्ने प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिनुभएको छ । प्रभावित क्षेत्र हुम्ला सदरमुकामबाट पैदल चार दिनको बाटो हिडेर पुग्न सकिन्छ ।

