हिलेमा राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता

धनकुटा,२१ कार्तिक–आउँदो कार्तिक २३ गतेदेखि धनकुटाको हिलेमा राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
स्थानीय युवाको सक्रियतामा निर्माण गरिएको कबर्ड हल उद्घाटनको अवसर पारेर हिले ब्याडमिन्टन क्लवले प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता खुल्ला पुरुष, खुल्ला महिला र भेट्रान गरी तीन समूहमा हुनेछ ।
खुल्ला पुरुषतर्फ प्रथम हुने टोलिले ५० हजार पाँच सय ५५, द्वितीय पुरस्कार २५ हजार पाँच सय ५५ र तृतीय पुरस्कार १० हजार पाँच सय ५५ रुपैया पुरस्कार पाउनेछन् ।

भेट्रानतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २५ हजार पाँच सय ५५, १२ हजार पाँच सय ५५ र पाँच हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
यस्तै महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद २० हजार पाँच सय ५५, दश हजार पाँच सय ५५ र पाँच हजार पाँच सय ५५ रुपैयाँ छ । प्रतियोगिता कार्तिक २३ देखि २५ गतेसम्म सञ्चालन हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here