हिमालमा फाेहाेर विदेशी भन्दा नेपालीले धेरै गर्छ !

काठमाडौं । सिन्दुपाल्चोकमा जन्मीएका युवा जसले पर्यटकको भारी बोक्ने का मगर्दै आफ्नो जिविका धान्दै आउनुभएको थियो । हिमालमा भारी बोक्दै संघर्ष गर्ने क्रममा हिमालमा देखिएको फोहोर टिप्न थाल्नुभयो । हिमाल हेर्न आउने लाखौं विदेशी तथा स्वदेशी पर्यटकले हिमालमा हुने फोहोरका कारण नेपाललाई हेर्ने दृष्ट्रिकोण नबदलियोस् भन्ने सोचका साथ हिमाल सरसफाइ गर्दै आफ्नो सरसफाई यात्रा सुरु गर्नुभयो । नेपालमा मात्रै नभइ विभिन्न देशमा पनि सरसफाइकालागि पुग्नुभएका राज कुमार श्रेष्ठसंग हामीले कुराकानी गरेका छौं । उहाँसंग गरेको कुराकानीको सम्पादित अंश ।

हिमाल सझा गर्ने सोच कसरी आयो ?
म एक ट्रेकिङ गाइड हुँ, टे«किङ गाइड गर्न थालेकै ८ बर्ष भैसकेको छ । पर्यटक साथीहरु विदेशबाट आउनु हुन्छ । बाटोमा जताततै फोहोर, खोलामा फोहोर देख्दा नराम्रो लाग्थ्यो त्यसपछि फोहोर टिप्ने कामसुरु गरे । हिमाल फोहोर देख्दा नकारात्मक सन्देश जाने मनमा डर थियो । त्यसकारण हिमाल सरसफाई सुरु गरे ।

अहिले सम्म कुन–कुन हिमाल सरसफाइ गर्नुभयो ?
हिमाल सरसफाई कार्यक्रम सञ्चालन भएको १ बर्ष आधा भयो । पहिलो पकट अन्नपुर्ण हिमालको सरसफाई सुरु भएको हो । हाइकिङ जादा फोहोर टिप्न सुरु गरेको थिए । सरसफाईको सुरुवात म बाट भए पनि हिमाल जादा फ्रान्स, अमेरिका, जापान, मलेसिया लगायतका विभिन्न देशका पर्यटकले मेरो काममा सघाउनुभयो । अन्नपुर्ण हिमाल अहिले सम्म ५ पटक सरसफाई भइसक्यो । त्यसै गरि सगरमाथा, तिलिचो ताल, अपर मुस्ताङ, लाङटाङ हिमाल पनि  सरसफाई गरेको छु ।
हिमाल सरसफाई भन्नाले ? कस्तो सरसफाई हो ?
हिमालमा विदेशी मात्र नभई स्वदेशी पनि जान्छन् । हिमालमा यत्रतत्र फोहोरहरु हुन्छ । जस्तैः बियरको बोतलहरु, पानीका बोतल, खानेकुराका प्याकेट, चक्लेट, लेज,विस्कुट आदिका प्लास्टिकहरु हुन्छन् । विदेशीले भन्दा बढि फोहोर घुम्नको लागि जाने स्वदेशी तथा स्थानिय व्यक्तिहरुले नै गरेको हुन्छ । यहि फोहोरलाई टिपेर व्यवस्थीत गर्ने काम गर्छु । यो मेरो व्यवसाय होइन..म आफ्नै समयलाई बचत गरेर गर्ने गरेको छु ।
यहाँको अभियानमा को–को संलग्न हुनुहुन्छ ? वा अभियानलाई एकै अघि बढाउनुभएको छ ?
हिमाल सफ ागर्नु त्यो समान्य कुरा होइन म एक्लैबाट सम्भव पनि छैन तर सुरु मैले गरेको छु त्यसमा सबैको साथ र सहयोग छ । अहिले हाम्रो अभियानमा यहि व्यक्ती सहयोग भन्ने त छैन तर हजुरले जसरी मिडियाबाट मेरो कुरा ल्याउनुभएको छ यो पनि मेरो अभियानमा सहयोग हो । बाँकी मलाई मेरो काम मन पराएर विदेशीले सहयोग गर्नुहुन्छ सरसफाइमा ।
हिमाल सरसफाईको क्रममा यहाँ नेपाल बाहिर पनि जानुभयो ? त्यहाँको अनुभव सुनौं न ।
हिमाल सरसफाईकै लागि भनेर नेपाल बाहिर गएको त होइन तर साथीहरुले बोलाएका कारण अवसर मिलेर स्विजरल्याण्ड गएको छु । हामीले नेपालमा मात्रै फोहोर बाटोमा हुन्छ भन्ने छैन जुनै देशमा पनि फोहोर हुने भएकाले त्यहाँ पनि मैले सरसफाई गरेको छु । हप्ता सरसफाईको कार्यक्रम भयो । सरसफाई कार्यक्रम गर्नु थाल्नु भन्दा अगाडि मलाई कुनै चासो थिएन । तर मनमा भने नेपाल जतात्यतै फोहोर छ, सरकारले किन व्यवस्थापन नगरेको होला भन्ने लाग्थ्यो । त्यस्तो होइन रहेछ आफैबाट सरसफाई गर्नु पर्ने रहेछ भन्ने लागेर नेपाललाई सम्झेर विदेशमा पनि सरसफाई गरे । त्यसकारण धेरै कुराहरु पनि सिक्न पाए र धेरै साथ पनि पाए ।
हाम्रो देशका विभिन्न हिमाल सरसफाई गर्ने संस्थाका रुपमा सेर्पा समुह छ नि होइन ?
हो हजुरले भने जस्तै विभिन्न हिमालहरुमा सरसफाई व्यवस्थापनकालागि सेर्पा समुह छ,तर उनिहरुले एक महिनामा एक पटक वा तिन महिनामा एक पटक मात्रै सरसफाई गर्ने गरेको पाइन्छ । हिमालमा दैनिक फोहोर हुन्छ सरसफाई भने बर्षमा एक पटक गरेर हुदैन । मैले यहि कुरा राख्दा उहाँहरुले मलाई तपाई बाहिरको मान्छे काठमाडौं गएर सरसफाई गर्नु वा तपाईको गाउँमा गएर गर्नु भन्नुभयो । हिमाल सरसफाई गर्ने विषयमा राज्य नै गम्भीर हुनुपर्छ जस्तो लाग्छ । किन कि हिमाल सफा भए विश्वमाझा नेपाल सफा भन्ने सन्देश जान्छ ।

हिमाल सरसफाइका क्रममा हिमाल आसपासका बस्तीका बालबालीकालाई पनि विभिन्न सहयोग गर्दै आनुभएको छ तपाई पैसा कहाँबाट आउछ ?
नेपालमा सरसफाई गर्नको लागि धेरै संस्थाहरु रहेका छन तर नेपाल सफा गर्न पैसा चाँहिदैन । म धेरै हिमालहरुमा गाईडको रुपमा काम गरेर आफ्नो गेष्ट सँग दुःख देखाएर मलाई गरेको सहयोगले मैले बालकालीकाहरुलाई केहि सहयोग गरेको छु । तर त्यो सहयोग केहि होइन । हिमालमा बस्ने बालबालिकाहरुको सरसफाई अवस्था कमजोर भएको हुनाले विदेशी साथीहरुले पनि सहयोग गरेर हात, दातँ सफा राख्नकालागि साबुन, मन्जन, ब्रसहरुको सहयोग गरेको हो । यस्तो कार्यक्रम हामीले मात्र नभई सरकार मार्फत पनि भयो भने राम्रो हुनेछ ।
यहाँको एउटा अभियान पनि छ नि हैन..नेपाल सरसफाई ? अभियानले अहिले केके काम गर्दै छ ?
अभियान खास्सै ठुलो त होइन तर हामीले गत साल देखि उदाहरणको रुपमा हिमाल सरसफाईको जनचेतना जगाउने का मगर्दै छौं । हिमालका फोहोरहरु टिपेर सफा गर्ने कार्यक्रम भईरहेको छ । यो कुराको मलाई सबैको साथ र सहयोग चाहिन्छ । नेपालिहरु सबै भन्दा पहिले आफै परिवर्तन हुनुपर्छ । आफैबाट सुरुवात गर्ने हो ।
तपाई आफैमा पनि एक पर्यटन व्यवसायी हुनुहुन्छ ? टुरिर्स गाईड गर्नु हुन्छ ? यहाँ पनि धेरै दुख छ नि होइन ?
पर्यटन व्यवसायी आफैमा रिक्सको व्यवसाय हो । हामी हिमालमा पुगेका हुन्छौ. कहाँ कति समयमा हामीलाई के हुन्छ भन्ने थाहा नै हुदैन । अर्काे कुरा हामी आफ्नो ज्यानको बाजी लगाएर हिमाल चढ्न पुग्छौं ..पर्यटकको भारी बाकेका हुन्छौं तर हामीलाई पर्याप्त पारिश्रम छैन । उचित हेरचाहा छैन । दुःखको कुरा के सुनौं कति पय गाइडहरुलाई खाना खान पनि पुग्दैन । तर यो समस्या हामी आफैबाट भएको हो । हामीले नै विगारेको हो । यसको सुधार हुन आवश्यक छ ।

अब अन्त्यमा यहाँको भनाई केहि छ ?
हिमाल सफ ागर्नु मेरो मात्रै अभियान होइन यहाँसबैको हो । हिमाल सफाभए हामीले विश्वसामु नेपाल सफा र सुन्दर छ भन्ने सन्देश दिन सक्छौं । यसको लागि मैले मात्रै अभियान अघि बढाएर हुदैन तपाई हामी सबैको साथ र सहयोग आवश्यक छ । हिमाल सरसफाई कार्यक्रम व्यक्तीगत मात्रै नभइ सरकार मार्फत पनि अघि बढ्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here