काठमाडौं,२० बैशाख । हिमाल आरोहण तथा पदयात्रामा निस्केका विदेशी तथा नेपाली नागरिकका लागि पर्यटन विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले स्थानीय मौसमको ख्याल गर्दै आफू र आफ्ना पर्यटकहरुलाई सुरक्षित स्थानमा राख्न तथा कुनै क्षति हुन नदिने गरी प्रबन्ध गराउन सबै सरोकार निकाय र एजेन्सीलाई आग्रह गरेको हो । सरोकारवाला निकाय तथा व्यक्तिगत रुपमा सम्पर्क गरेर हामीले सुरक्षित हुने अपिल गरेका छौं’, पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले भन्नुभयो । उहाँले हिमालबाट सकेसम्म सुरक्षित हुँदै तल्लो तहमा आउने समेत अपिल गरिएको छ ।
यसैबीचः सरकारले भोलिसम्म हिमाली क्षेत्रमा हेलिकप्टरमा उडान नगर्नर नगराउन आग्रह गरेको छ । गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले एक सूचना जारी गर्दै विशेष गरी पूर्वी हिमाली क्षेत्रमा अत्यधिक हिमपात हुनसक्ने भएकाले आज र भोलि दिनभर हेलिकप्टरमा उडान नगर्न आग्रह गरेको हो ।

