काठमाडौं, १३ बैशाख– व्यवस्थापिका संसदको बैठक आज बस्नेभएको छ । संसद भवन नयाँ बानेश्वरमा ११ बजे बस्ने गरि बैठक बोलाइएको छ ।
बैठकमा सरकारले पेश गरेको संविधानको दोस्रो संशोधन विधेयकमाथि सैद्धान्ति छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यसअघि संविधान संशोधन विधेयकप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल एमालेले संसद बैठक अवरुद्ध पारेको थियो ।
एमालेले संविधान संशोधन विधेयक निर्वाचन भाड्ने षड्यन्त्र स्वरुप ल्याइएको भन्दै संसदमा आपत्ति जनाएको थियो ।
सरकारले सोमबार मधेसवादी दलहरुका माग सम्बोधन गरेर निर्वाचनमा सहभागी गराउन भन्दै संविधानको दोस्रो संशोधन विधेयक संसदमा पेश गरेको थियो ।

