हिंसाका घटना बाक्लिएका छन्ः रुपी सिंह–शिक्षाविद्

रुपी सिंह, शिक्षाविद्

हिजोआज महिलाहरू बोल्ड हुँदै गएकाले महिला हिंसाका घटना बाक्लिएको देखिएको हो । यो उहिलेजस्तो लाजको विषय रहेन अब । यसलाई कम गर्न महिलाहरू शारीरिक तथा मानसिक रूपमा आफ्नो आत्मरक्षा गर्न सक्षम हुनुपर्छ । चेतना, महिलालाई सम्मान गरौं भन्ने अभियान, यस विषयमा सञ्चार माध्यमको सकारात्मक सहयोग भएको खण्डमा हिंसा क्रमश: घट्दै जान्छ ।

अर्को कुरा महिलाहरूका सम्बन्धमा जकडिएर रहेको सामाजिक सोचमा परिवर्तन आउनुपर्छ । बालबालिकालाई एक–अर्काको सम्मान गर्ने ज्ञान दिन अभिभावकको सहयोग आवश्यक हुन्छ । अब हामीले महिलामैत्री शिक्षामा विशेष जोड दिनुपर्छ । नारीबाट साभार,

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here