हावा हुरीका गम्भीर घाइतेको टिचिङमा उपचार हुदै

काठमाडौं,१८ चैत । हिजो राति बारा र पर्सामा आएको हावा हुरीका कारण गम्भीर घाइते भएका ७ लाई काठमाडौं ल्याइएको छ ।  काठमाडौंको शिक्षण अस्पतालको इमर्जेन्सीमा उपचार भइरहेको छ ।

हेलिकोप्टरबाट काठमाडौं ल्याइएका बाराका मोम्हमद मियाँ, गीतादेवी पटेल, अमन पटेल, मुनाफ अन्सारी, कृष्ण पटेल र सुरेश पटेल र पर्साकी समिना खातुको हाल शिक्षण अस्पतालको इमर्जेन्सी कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ । घाइतेमध्ये गीतादेवी पटेलको अवस्था गम्भीर रहे पनि अन्य घाइतेहरूको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here