हामी सबै प्रो नेपाल, प्रो नेपाली दुवै छिमेकीसँग राम्रो सम्बन्ध हुनुपर्छ :प्रचण्ड

काठमाडौ,१७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भारत र चिन दुवै छिमेकी राष्ट्रसँग राम्रो सम्बन्धन बनाएर देश विकास गर्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको २० औँ वार्षिकोत्वसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले दुवै देशबाट विकासका लागि लाभ लिनुपर्ने बताउनुभएको हो।

विगतमा राजनीतिक दल वा नेतालाई भारत परस्त र चिन परस्त भनेर अनावश्यक आरोप लगाउने गरिएको भन्दै उनले अबका दिनमा त्यस्तो आरोप प्रत्यारोपको वातावरण अन्त्य गर्नुपर्ने बताउनुभयो।

“हामी सबै प्रो नेपाल, प्रो नेपाली, दुवै छिमेकीसँग राम्रो सम्बन्ध गाँस्नुपर्छ । आर्थिक विकासका लागि सहयोग लिनुपर्छ । आरोप प्रत्यारोपको अन्त्य गरौँ ।” दाहालले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here