‘हाई प्रोफाइल’ मतदाता

काठमाडौं, १५ असार – प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असीग्राम उच्च माविको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

चुनावका लागि प्रधानमन्त्री छ दिनअघि नै गृहजिल्ला पुग्नुभएको थियो । प्रधानमन्त्री पत्नी आरजु राणाले पनि सोही मतदान केन्द्रमा मत दिनुभएको छ ।

सभामुख ओनसरी घर्तीले रोल्पाको लिवाङ नगरपालिका–७ मा रहेको बालउदय मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

उहाँका पछि माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि सोही मतदान केन्द्रमा मत खसाल्नुभएको छ ।  उपप्रधानमन्त्री कृष्णबहादुर महराले रोल्पा नगरपालिका–१, दामरुकको तारा माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्नुभएको छ ।

अर्का उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सुनसरीको दुहबी नगरपालिका–२ स्थित नवीन शिक्षा निकेतन आधारभूत विद्यालय केन्द्रबाट मतदान गर्नुभएको छ । आजको गोरखापत्रमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here