हाइटीमा सैनिक इकाइ पुनः स्थापित

एजेन्सी– हाइटीमा २० वर्ष अघि खारेज गरिएको सैनिक इकाइ पुनः स्थापित गरिने भएको छ । सरकारले ५ सय युवा, युवतीलाई प्राकृतिक विपत्ति र सिमा सुरक्षाका लागि खटाउने उद्देश्यले सैनिक संरचना पुनस्थापना गर्न लागेको हो ।
आगामी अक्टोबर महिनामा संयुक्त राष्ट्रसंघको सहयोग मिशन अन्तर्गतका अन्तर्राष्ट्रिय सेना बाहिरिने भएकाले पनि सेनामा युवा भर्ना खोलिएको बीबीसीले जनाएको छ । हाइटीमा हाल १५ हजार प्रहरी छन् ।
अन्तर्राष्ट्रिय सेनालाई फिर्ता लैजादैँ हाइटी प्रहरीको सहयोगका लागि सानो संख्यामा अन्तर्राष्ट्रिय प्रहरी खटाइने राष्ट्र संघीय सुरक्षा परिषदले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here