हाइटीमा बस अनियन्त्रीत हुदा ३० को मृत्यु

एजेन्सी, हाइटीमा तीब्र गतिमा रहेको बसले एक्कासी दिशा परिर्वतन गर्दा कम्तिमा ३४ जनाको मृत्युभएको छ । राजधानी पोर्ट–ओ–प्रिन्सबाट एक सय ५० किलोमिटर पर रहेको गोनाइभ्स शहरमा बसले दिसा परिवर्तन गरि मानिसहरुको भिडमा पसेको थियो ।
बसले पहिले दुई जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । त्यसमा एक जनाको ज्यान गएको र त्यसलगतै ड्राइभरले गाडीको दिशा परिवर्तन गरी बाटोमा रहेका संगीतकर्मीको समूहमा गाडी चलाएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । घटनामा केही मानिस घाइते भएका छन् ।

उनीहरुलाई स्थानीय अस्पतलामा भर्ना गरिएको समाचार संस्था एएफपीले जनाएको छ । मानिसको भिडमा गाडी चलाएपछि ड्राइभर भाग्ने प्रयास गरेपछि भागदौड स्थिति तनावग्रस्त बनेको थियो । त्यसले गर्दा ज्यान जानेको संख्या बढेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनापछि स्थानीयले गाडी जलाउने प्रयास गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here