हनुमन्ते पुलमुनि बालिकाको शव फेला

file photo

भक्तपुर, २६ माघ। मध्यपुर ठिमी नगरपालिका र भक्तपुर नगरपालिका जोड्ने हनुमन्ते पुलमुनि आज एक बालिकाको शव भेटिएको छ । थिमिको राधेराधेसँगैको हनुमन्ते खोलाको पुलमुनि अनुहार चिन्न नसक्ने अन्दाजी १० देखि १२ वर्ष उमेरकी एक बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले केही दिनअघि नै मृत्यु भइसकेको जस्तो देखिने, अनुहार कुकुर र अन्य किराले खाएर चिन्नै नसक्ने अबस्थामा बालिकाको शव भेटिएको बताउनुभयो ।

बालिकको शव खोलामा बगाएर ल्याएको हुनसक्ने आशङ्का व्यक्त गर्दै उहाँले बालिकाको हत्या वा अरू के हो भन्ने तत्कालै भन्न सक्ने अवस्थामा नभएको बताउँदै घटनाको अनुसन्धान भने शुरु गरेको बताउनुभयो । बालिकको शवपरीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here