हतियार बेच्न ट्रम्पको बिशेष आदेश

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेष आिदेश मार्फत जोर्डन, संयुक्त अरब इमिरेट्स र साउदी अरबलाई आठ अर्ब दश करोड अमेरिकी डलरका हतिायर बेच्ने प्रक्रिया अघि बढाएका छन् ।

‘आकस्मिक अवस्था’ का लागि भन्दै ट्रम्प प्रशासनले अमेरिकी कांग्रेसको जाँचबुझ कार्यक्रमबाट यस्तो निर्णय गरेको हो । अमेरिकी सिनेटमा दुवै दलका सांसदले विरोध गरेपनि अमेरिकी पररष्ट्रमन्त्री माइक पोम्पेओले अमेरिकाको हतियार निर्यात नियन्त्रण कानुन बमोजिम राज्य परिषदले तुरुन्तै आठ अर्ब दश करोड अमेरिकी डलरका हतियर बेच्न लागेको  जनाएका छन् ।

अमेरिकाले इरानमाथिको आफ्नो नीति बलियो बनाउन ति मुलुकलाई सहायता प्रदान गर्न सैन्य सामाग्री बेच्न लागेको सि.एन.एन.ले जनाएको छ । अमेरिकी पररष्ट्रमन्त्रीको वक्तव्यमा अमेरिकाको गठबन्धन मुलुकले समर्थन दिँदै मध्यपूर्वी क्षेत्रको स्थिरताका लागि यस्तो कदम चालिएको उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here