हजुरबा ले गरे पाँच वर्षीया नातिनीलाई बलात्कार !

अर्घाखाँची,४  फागुन । अर्घाखाँचीको सन्धिखर्कमा ११ अमिलेमा  शुक्रबार हजुरबुबाबाटै पाँच वर्षीया नातिनी  बलात्कृत भएकी छिन् । सन्धिखर्क ११ डिभर्ना अमिले निवासी ६५ वर्षीय एक वृद्धलाई आफ्नै पाँच वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो ।

जबरजस्ती करणीको बारेमा आमालाई बालिकाले बताएपछि आमाले प्रहरीलाई जानकारी दिएकी थिइन् । जानकारी पाउनासाथ तत्काल प्रहरी अधिकृतसहितको टोली गई हजुरबुबालाइ पक्राउ गरेको हो ।

आरोपीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । त्यस्तै बिहीबार अर्घाखाँचीको भूमिकास्थानी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्यूठानको मल्लरानीका ६८ वर्षीय डण्डबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित बालिका शारीरिक रूपमा कमजोर देखिन थालेपछि उनकी आमाले सोधपुछ गरेपछि घटना सार्वजनिक भएको हो । विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिई प्यूठान प्रहरीलाई बुझाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here