स्व: लाेक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता २०७६ मंसिर-७ बाट शुरु

भिम नेपाली
नेपालगन्ज,बाँके
मंसिर-१

‌बाँकेको कोहलपुरमा रहेकाे अन्तर्राष्ट्रिय प्रस्तावित क्रिकेट मैदानमा”स्वर्गिय लाेक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता २०७६ यहि मंसिर- ७ गते समय दिन को १२ बजे बाट सुरु हुनेभएको छ। उक्त प्रतियोगितामा ६ओटा टिम समावेश हुनेछन। समाबेश हुने टिमहरु मा होलिल्याण्ड उच्च मावि, नेपालगन्ज, नेपालगन्ज क्याम्पस,नेपाल टाईगर स्पोर्ट क्लब, ज्याग्वार स्पोर्ट क्लब,कोहलपुर एकेडेमी” ए”, कोहलपुर एकेडेमी “वि” रहेको छ। सो क्रिकेट खेलमा प्रथम हुने टिमलाई प्रथम पुरस्कार रु.१,००,०००/-(एक लाख), द्वितिय हुने टीम लाई रु.५१,०००/-(एकाउन्न हजार), मेन अफ सेरिज लाई रु.११,०००/- (एघार हजार), बेस्ट बलर लाई रु.५१,०००/-(एकाउन हजार), बेस्ट अफ द सब्याट्सम्यान लाई रु.५१,०००/-(एकाउन् हजार) र मेन अफ द म्याच लाई रु.१५००/-(पन्द्र सय) व्यवस्था गरिएको छ। खेलको समापन मंसिर- १२गते हुने छ। यस खेलको उद्देश्य जिल्लामा दुई ओटा सिनियर र” यु”नाइन्टिन, एउटा ट्वान्टी टीम तयार हुने छन। यसरी तयार भएको टीम लाई फिफ्टी ओभर म्याच दुई दिवसीय खेल खेलाईने योजना रहेको बाँके जिल्ला क्रिकेट संघ तथा प्रदेश न-५र६ का क्रिकेट संघ अध्यक्ष दुर्गा बहादुर थापा मगरले पत्रकार सम्मेलन को आयोजना गरी बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here