स्वेच्छिक अवकाश योजना अहिलेलाई स्थगित – मन्त्री पण्डित

काठमाडौं, २ बैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई दिने भनिएको स्वेच्छिक अवकाशको निर्णय स्थगित भएको बताउनु भएको छ ।आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाले उक्त कार्यक्रम स्थगित भइसकेको हुदाँ कर्मचारीलाई काममा मन फर्काउन आग्रह समेत गर्नुभएको छ । धेरै सेवा सुविधा पाइन्छ भन्ने आशामा स्वेच्छिक अवकाशका लागि निवेदन दिनेले अब काममा मन लगाउनुपर्ने बताउनुभएको छ । ‘अर्को निर्णय नभएसम्म स्वेच्छिक अवकाश दिने निर्णय स्थगित गरिएको छ ।खटाइएको ठाउँमा जानै पर्छ । काम गर्नतिर मन फर्काउनुस् । नत्र अवकाशको बाटोमा जाने निर्णय गर्नुस्’ पण्डितले भन्नुभयो । १५ दिने सूचना निकालेर कर्मचारीलाई पुनःकाममा र्फकनका लागि आवेदन दिने मौका दिइने मन्त्री पण्डितले बताउनुभयो । निजामती कर्मचारीलाई तीन वटै तहमा व्यवस्थापन गरिने भन्दै उनले कुन पदमा, कुन ठाउँमा जाने हो पुनःआवेदन दिन सक्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here