स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियोःस्विडेन २४ वर्षपछि क्वार्टरफाइनलमा

विश्वकप फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा जित हात पार्दै स्विडेनले क्वार्टरफाइनलमा प्रवेश गरेको छ छ। सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डलाई १-० गोलले पराजित गर्दै स्विडेनले अन्तिम आठमा स्थान बनाएको हो।

दोस्रो हाफको ६६औं मिनेटमा स्विडेनका इमेल फर्सवर्गले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता बनाएका थिए। ओला टोइभोलेनले उपलब्ध गराएको बल विपक्षी रक्षकको खुट्टामा ठाक्किँदै जाली चुमेको थियो।

यसअघि पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। गोलका लागि दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा अग्रता बनाउन भने चुकेका थिए। स्विडेनको तुलनामा स्विट्जरल्यान्डले केही बढी अवसर पाए पनि गोल गर्न भने सकेन। पहिलो हाफमा बल प्रोसेसनमा स्विट्जरल्यान्ड निकै अगाडि रहेको थियो। स्विडेन फिफा विश्वकपको २४ वर्षपछि क्वार्टरफाइनलमा पुगेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here