बाँके १६ चैत । उपप्रधान तथा स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवालाई सुलव बनाउन सरकार लागिपरेको बताउनुभएको छ ।
उहाँले हरेक नेपालीको घरघरमा पु¥याउने कार्यमा सरकार अग्रसर भएको उल्लेख गर्नुभयो । सङ्घीय समाजवादी फोरम बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा मन्त्री यादवले स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित नहोस् भन्ने उद्देश्यले हरेक वडामा स्वास्थ्य केन्द्र तथा हरेक गाउँपालिकामा अस्पताल निर्माण प्रक्रिया शुरु गरिएको बताउनुभयो । उहाँले
यसैवर्ष देशभरमा एक हजार २०० अस्पताल निर्माण भइरहेको उल्लेख गर्दै उहाँले बाँकेमा पश्चिम नेपालकै सबैभन्दा ठूलो अस्पतालका रुपमा भेरी अस्पताललाई ५०० शैयाको अस्पताल बनाउने प्रक्रिया अगाडि बढिसकेको दाबी गर्नुभयो ।

