स्वास्थ्य अवस्था बिग्रदै गएपछि डा. केसीलाई अस्पताल लगियो

काठमाडौँ,३०पुस । स्वास्थ्य अवस्था बिग्रदै गएपछि ६ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीलाई अस्पताल लगिएको छ । आफूसँग भएको सहमति कार्यान्वयनको माग राख्दै अनसन बसेका डा. केसीलाई जिल्ला अस्पताल इलाम लगिएको हो ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा अनसनरत डा.केसीलाईआज अस्पताल लगिएको छ । डा. केसीको खस्किँदो स्वास्थ्य र चिकित्सकहरको आग्रहमा अस्पताल लगिएको स्रोतले जनाएको छ। अस्पतालमा पनि डा.केसीको अनसन जारी रहेको इलाममा रहेका डा. अभिशेकराज सिंहले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here