काठमाडौं,१८ बैशाख । नौंदिने चीनको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किदै हुनुहुन्छ । चीनको राजधानी बेइजिङमा भएको बेल्ट एन्ड रोड (बिआरआई) फोरमअन्तर्गत गोलमेच सम्मेलनमा सहभागी हुन गत बुधबार चीन जानुभएका राष्ट्रपति भण्डारी व्यस्त कार्यतालीका र धपेडीका कारण स्वास्थ्यमा समस्या देखा परेपछि कार्य तालिकाभन्दा एक दिनअघि नै स्वदेश फिर्ता हुन लाग्नुभएको हो ।
राष्ट्रपति भण्डारी सिचुवान एयरलाइन्सको विमानबाट आज बिहान साढे १० बजे काठमाडौ आइपुग्ने राष्टपतिको सचिवालयले जनाएको छ । बि.आर.आई फोरमअन्तर्गतको गोलमेच सम्मेलनमा सहभागी भई चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा बाट राष्ट्रपति भण्डारी सिधै नेपाल आउन लाग्नुभएको हो ।

