स्वास्थ्यका लागि पुदीना(बाबरी)का फाइदाहरु

काठमाडौं,१६ जेठ । विशेष गरी अचारको रुपमा प्रयोग गरिने पुदीना(बाबरी) लोकप्रिय जडिबुटी हो। यसले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउने लगायतका काम गर्छ। यो श्वासको दुर्गन्ध हटाउने लोकप्रिय माउथ फ्रेसनर हो । स्वास्थ्यका लागि यसका थुप्रै फाइदा छन्।

अपचको समस्या भएमा एक कप पुदीनाको रस पिउने हो भने समस्या समाधान हुन्छ। पुदीनाको ताजा पातले टाउको दुखाई र थकानको समस्या समाधान गर्छ। पुदीनाको तेल या पातको प्रयोगले पेटको समस्या घटाउँछ। यसले नाक, घाँटी, ब्रोङकाई, फोक्सो सफा गर्ने भएकाले दम या रुघाका कारण हुने श्वासप्रश्वाससम्बन्धी समस्या हुन दिँदैंन। पुदीनाको नियमित प्रयोगले दमका बिरामीलाई फाइदा पुग्छ। दिमागको काम गर्ने क्षमता वृद्धि गर्छ। यदि चिन्ता, डिप्रेसन आदिको समस्या छ भने पुदीना र यसका अरु उत्पादनले समाधान गर्न सहयोग पु¥याउँछन्। सुत्ने बेला अलिकता पुदीनाको तेल तकियामा छर्कने हो भने दिमाग र शरीरले काम गर्ने क्षमतामा वृद्धि हुन्छ। यसको जुसले छाला सफा गर्नुका साथै छालाको संक्रमण, डण्डीफोर र दाग हटाउन मद्दत गर्छ।  पुदीनाले स्मरणशक्ति बढाउने पनि पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here