स्वर्गीय अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीकालागि भोली पार्टी कार्यालय राखिने

काठमाडौं,१८ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीकालागि भोली बिहान पार्टी कार्यालय राखिने भएको छ । फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको आज राति साढे ९ बजे निधन भएको थियो ।
उहाँलाई अन्तिम श्रद्धाञ्जिलीका लागि आईतबार बिहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कन्द्रीय कार्यालय धुम्रबाराहीमा राखिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

मनमोहन अधिकारीले नेतृत्व गरेको तत्कालिन नेकपा एमालेको पहिलो सरकारमा अर्थमन्त्री रहँदा जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफै बनाउँजस्ता लोकप्रिय कार्यक्रमले चर्चामा हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here