स्वतन्त्र परराष्ट्र नीति अवलम्बन:परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली

काठमाडौँ, १८ साउन: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लोकतन्त्र, बहुलवाद, विश्वव्यापी मानवाधिकारका आधारभूत मान्यता र स्वतन्त्रताप्रति नेपालको अटल प्रतिबद्धता रहेको बताउनुभएको छ ।

नेपाल विश्व सम्बन्ध परिषद्को ७० औँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको संविधानले निर्देश गरेअनुसार संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्त, पञ्चशील, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिका आदर्श देशको परराष्ट्र नीति सञ्चालनका आधारस्तम्भ हुन् भन्नुभयो । उहाँले मुलुकको राष्ट्रिय हित र स्वार्थ मुखरित हुने स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरिएको स्पष्ट पार्नुभयो ।
उहाँले ‘सबैसँग मैत्री’ विश्व समुदायसँगको नेपालको साझेदारीको विशेषता भएको, सार्वभौम समानता, पारस्परिक हित, न्याय र आपसी सम्मानमा आधारित भएर अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन भइरहेको र नेपालले १६१ देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरिसकेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here