स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका विषयमा गम्भीर हौंः राष्ट्रपति भण्डारी

काठमाडौं,२३ मंसिर– राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व मानवअधिकार दिवस (१० डिसेम्बर) का अवसरमा शुभकामना सन्देश दिँदै मानवअधिकारको सिलसिलामा सदैव नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका विषयमा समेत मनन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै उहाँले नेपालको संविधानले मानवअधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चिता गरेको र मानवाधिकारको कार्यान्वयनका लागि विभिन्न निकायको व्यवस्था भएकामा आफूलाई खुशी लागेको उल्लेख गर्नुभएको छ ।
“ राज्यका निकायबाट हुने कार्यसम्पादनबाट मानवअधिकारको प्रत्याभूतिको आभास जनताले गर्नेछन् भन्ने मलाई लाग्छ”, सन्देशमा भनिएको छ । यस दिवसले मानव जातिका साझा अधिकार प्रत्याभूति गर्न संलग्न हुने सबैलाई सफलता र प्रेरणा मिलोस् भन्ने कामना पनि उहाँले गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here