स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ

काठमाडौं,९ जेठ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले स्रोत नखुलेको रकमसहित दुईजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौं महानगरपालिका–३१ स्थित सडकमा बा१४च ८९५९ नम्बरको सवारी जाँचकाक्रममा स्रोत नखुलेको नगदसहित भक्तपुरका ५० वर्षीय राजभाई सञ्जु र झापाका ३३ वर्षीय अभिषेक सावालाई गएराति पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले सञ्जु र सावासँग रु ३१ लाख बरामद गरेको छ । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here