स्रोतसाधनको समुचीत प्रयोग गरिन्छ:मन्त्री बस्नेत

काठमाडौँ, २ भदौ:वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न उपलब्ध स्रोतसाधनको समुचीत प्रयोग गरेर सरकार अगाडि बढ्ने बताउनुभएको छ ।

फोकस नेपालको छैटाँै वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘समृद्धिका लागि सहकार्य, राष्ट्रका निम्ति अपरिहार्य’ विषयक विचारगोष्ठीलाई सम्बोधन गर्दै उहाँले समृद्ध मुलुकले मात्र जनताको आकाङ्क्षा र आवश्यकता सम्बोधन गर्न सक्ने बताउनुभयो ।

मुलुकको समृद्धिका लागि सबैले त्यागको प्रदर्शन गर्न सक्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “सरकार, राजनीतिक नेतृत्व, जनता सबैका तर्फबाट त्यागको आवश्यकता छ । त्यागबाट नै मुलुक निर्माणको महाअभियानमा संलग्न हुने उत्प्रेरणा प्राप्त हुनेछ । सबैले समृद्ध मुलुक निर्माणका लागि आआफ्नो ठाउँबाट योगदान गर्न आवश्यक छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here