एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा सेभिल्ला विजयी भएको छ । गएराति आफ्नो घरेलु मैदानमा भएको सेभिल्लाले ग्रानडालाई २–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको चौथो मिनेटमै डी लिमाले गोल गर्दै सेभिल्लालाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता लिएको सेभिल्लाका लागि खेलको ४६ औं मिनेटमा लिमाले व्यक्तिगत दोस्रो गोल गोल गर्दै टोलीलाई २–० को जित दिलाएका हुन्।
जिपछि ला–लिगा फुटबलको चौथो स्थानमा रहेको सेभिल्लाले तेस्रो स्थानको एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ। सेभिल्लाको ३३ खेलबाट ६५ अंक भएको छ । एक खेल कम खेलेको तेस्रो स्थानको एथ्लेटिको मड्रिडको पनि समान ६५ अंक नै छ ।

