स्पेनको संवैधानिक अदालतको आदेश स्वतन्त्र घोषणा गर्न मिल्दैन

एजेन्सी–स्पेनको संवैधानिक अदालतले क्याटालोनियालाई स्वतन्त्र घोषणा नगर्न आदेश दिएको छ ।  क्याटालोनियालाई स्वतन्त्र घोषणा गरिए संविधानको उल्लंघन ठहर्ने पनि अदालतले भनेको छ ।

अदालतले आगामी साता बस्न लागेको क्याटालान संसदको बैठक पनि स्थगित गर्न आदेश दिएको छ । क्याटालान नेता कार्लोस पुईग्देमोन्टले सोमबार बस्ने संसद बैठकले क्याटालोनियालाई स्वतन्त्र घोषणा गर्ने बताउँदै आएका थिए ।
अदालतले यो आदेश स्पेनिस सरकारको नभई क्याटालानकै समाजवादी दलले स्वतन्त्रताको घोषणा रोक्न माग गर्दै हालेको मुद्दामा दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here