स्थानीय सरकारले सिक्नु पर्ने सराहनीय काम

भीम नेपाली,प्रयाग गुप्ता
नेपालगन्ज(बाँके) २१ चैत्र
नेपालगन्ज उपमहानगरपालिका वार्ड नम्बर १८ मा स्थानिय बासी सानु बर्मा, यूव राज सिंह ठकुरी, पवन बर्मा र हरदेव बर्माले संयुक्त रूपमा आफ्नो टोलमा लक डाउन ले प्रभावित दैनिक ज्यालामजदुरी गरेर खाने ७५ घर धुरी भन्दा बढी लाई  प्रत्येक घर धुरीलाई १० के .जी .चामल,आलु ५ के.जी.,नुन १ के.जी. का दर ले वितरण गरेका हुन्।कोरोना भाइरसको महासंकट को अवस्था मा मानवीय सहयोग गर्नु प्रत्येक बेक्ती सरकार निजी क्षेत्रको जिम्मेवारी महसुस गरी राहत वितरण गरेको बताए।अझ थप कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त समेत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here