चुनावको मिति घोषणा गर्न सत्तारुढदल सहमत, आजै आयोग संग छलफल हुने

अन्तिम तयारीमा सरकार,

web

काठमाडौं,८ फागुन– तत्काल स्थानीय निकाय निर्वाचनको मिति घोषणा गर्न सत्तारुढदल सहमत भएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको कांग्रेस र माओवादी केन्द्रका शीर्षनेता हरुको बैठकमा असन्तुष्ट मधेशी मोर्चासंगको छलफललाई निरन्तरता दिदै चुनावको मिति घोषणा गर्ने विषयमा एकमत भएका छन् ।

बैठक पछि सञ्चारकर्मीलाई प्रतिकृया दिदै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जारी गतिरोध अन्त्यका लागी निर्वाचन आवश्यक रहेकोले तत्काल मिति घोषणा गर्ने सहमती भएको बताउनुभयो । उहाँले मधेशी मोर्चासंगको छलफललाई पनि जारी राख्दै निर्वाचन आयोगसंग परामर्श गरी चाडै निर्वाचनको मिति घोषणा हुने बताउनुभयो । उहाँले भन्नु भयो म समय भन्दीन तर केहि घण्टा केहि समयमा तपाइहरुलाई जानकारी हुन्छ ।

काँग्रेस महामन्त्री डा.शशांका कोइरालाले सरकारले निर्वाचनको घोषणाका लागि आवश्यक तयारी पुरा गरि छिट्टै घोषणा गर्न सुझाव दिएको बताउनुभयो ।

असन्तुष्ट पक्षको मागलाई सम्बोधन गर्न छलफललाई अगाडी बढाउदै निर्वाचनको मिति घोषणा गर्न आग्रह गरिएको उल्लेख गर्नुभयो । उहाँले आज साँझ बस्न निर्वाचन आयोग संगको छलफल पछि प्रतिपक्षदल एमाले संग छलफल गरि मिति घोषणा हुने बताउनुभयो ।
प्रधानमन्त्रीको कार्य व्यस्थताका कारण साँझ बस्ने गरि बिहान बैठक सकिएको थियो । बैठकमा काँग्रेस सभापति शेर बहादुर देउवा, उपप्रधान तथा मृहमन्त्री विमलेन्द्र निधि, माओवादी नेता नारायणकाजी श्रेष्ठ, प्रवत्ता पम्फा भुषाल लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here