स्थानीय निकायका कर्मचारीले आज ३ घण्टा पेन डाउन गर्ने

फागुन १ गते देशभरीका स्थानीय निकाय बन्द गर्ने

काठमाडौं,२८ माघ– स्थानीय निकायमा कार्यरत कर्मचारीले आज ३ घण्टा पेन डाउन गर्ने भएका छन्। सरकारले स्थानीय तह सञ्चालनका लागि कर्मचारी व्यवस्थापन गर्दा स्थानीय निकायमा कार्यरत कर्मचारीहरुलाई अन्याय हुने गरी व्यवस्था गर्न लागेको भन्दै स्थानीय निकायका कर्मचारीहरुले आन्दोलन सूरु गरेका हुन ।
स्थानीय निकाय कर्मचारी संघको नेतृत्वमा आज देशभरीका स्थानीय निकायमा कार्यरत कर्मचारीले ३ घण्टा पेन डाउन गर्ने संघले जनाएको छ ।
आज बिहान १० बजे देखि दिउँसो १ बजे सम्म पेन डाउन गर्ने र आगामी फागुन १ गते देशभरीका स्थानीय निकाय बन्द गर्ने संघले घोषणा गरेको छ ।
संघले स्थानीय तह सञ्चालनका लागि आवश्यक कर्मचारी व्यवस्थापनमा स्थानीय निकायमा कार्यरत कर्मचारीलाई पहिलो प्राथमिकता दिनुपर्ने माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here