स्थानीय तहलाई नयाँ पद्धतिमा लैजानुपर्छ- संविधानविद् दाहाल

रुपन्देही, १९ जेठ- स्थानीय तहका जनप्रतिनिधिलाई नेतृत्वमा सक्षम बनाउन तीनदिने नेतृत्व तथा क्षमता विकाससम्बन्धी अभिमुखीकरण आज सैनामैनाको मुर्गियामा शुरु भएको छ ।

सैनामैना नगरपालिकाको १ देखि ११ वडाका वडाध्यक्ष, वडा सदस्य तथा नगर कार्यपालिका सदस्य सहभागी रहेको अभिमुखीकरणमा न्यायिक समिति, नीति तथा कार्यक्रम र बजेट बनाउँदा प्राथमिकीकरण गर्ने विषयमा जानकारी दिइएको  छ ।

सो अवसरमा संविधानविद् काशीराज दाहालले नीति तथा कार्यक्रम र बजेट परम्परागत होइन प्राथमिकीकरण गर्नुपर्ने उल्लेख गर्दै बजेटले सडक, खानेपानी, द्वन्द्व व्यवस्थापनको कुन विषयमा जोड दिने हो निश्चित गर्नुपर्छ भन्नुभयो ।

उहाँले स्थानीय तहलाई नयाँ पद्धतिअनुसार लैजानुपर्नेमा जोड दिँदै स्थानीय तहलाई कानून बनाउने र खर्च गर्ने अधिकार भएपछि प्रभावकारी अनुगमनको संयन्त्र निर्माण गर्नुपर्ने बताउनुभयो ।

संविधानविद् दाहालले कर्मचारीको आकार चुस्तदुरुस्त र सानो आकारको भए पनि जनतालाई गुणस्तरीय र छिटोछरितो सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले नगरभित्र रहेको खेतीयोग्य जमिको उचित सदुपयोग हुन नसकेकामा चिन्ता व्यक्त गर्दै फोहरमैला व्यवस्थापनका लागि एक महिनाभित्र ‘डम्पिङसाइड’ निर्माण गरिने बताउनुभयो । अभिमुखीकरण तीन दिनसम्म सञ्चालन हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here